हामी परिक्षण प्रसारणमा छौ



सल्यान । दाङबाट सल्यानतर्फ आइरहेको यात्रुबहाक जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

प्रहरी चौकी चिराघाटका दाङका इन्चार्ज तथा प्रहरी सहायक निरीक्षक खड्क बहादुर डाँगीका अनुसार दाङको तुलसीपुरदेखि सल्यान पिमखोला जाँदै गरेको रा १ ज ७७० नम्बरको यात्रुबहाक जीप आईतबार साँझ दुर्घटना हुँदा सल्यान त्रिवेणी गाउँपालिका ३ टोड्के निवासी ५० बर्षीय यामबहादुर केसीको मृत्यु भएको हो।

सोही दुर्घटनामा परी अन्य ५ जना यात्रु  घाइते हुनुभएको छ । दाङ शान्तिनगर-१, हारीचारमा उक्त जीप दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार, ,  ९ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्