हामी परिक्षण प्रसारणमा छौ



सुर्खेत । कर्णाली प्रदेश सरकारका चार जना नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।

सत्ता साझेदार दल नेपाली कांग्रेसका प्रदेशसभा सदस्य राजीव विक्रम शाहले आर्थिक मामिला तथा योजना , सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, सुरेश अधिकारीले उद्योग, पर्यटन, वन तथा वातावरण र जलस्रोत तथा ऊर्जा विकास मन्त्री बिजया बुढा सहित नवनियुक्त चार जना मन्त्रीले आज कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो।

यसैगरी नवनियुक्त आर्थिक मामिला तथा योजना मन्त्री शाह जाजरकोट , सामाजिक विकास मन्त्री भण्डारी दैलेख ,उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अधिकारी सल्यान निवासी हुनुहुन्छ । यस्तै   जलस्रोत तथा ऊर्जा विकास मन्त्री बुढा हुम्ला निवासी हुनुहुन्छ ।

नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारी

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार, ,  १० : २७ बजे

प्रतिक्रिया दिनुहोस्