हामी परिक्षण प्रसारणमा छौ



पहिरोमा पुरिएर सल्यानमा एक व्यक्ति घाइते हुनुभएको छ । जिल्लाको बागचौर नगरपालिका वडा नं ५,कारागाउँ मा आज दिउँसो ४:३० बजे घर माथिबाट आएको पहिरोमा पुरिएर ७० वर्षिया कल्पना वली घाईते हुनुभएको हो । घर पछाडि करेसाबारी सफा गरिरहेको समयमा माथिबाट पहिरो आउँदा वली पुरिएको स्थानीय मोविर बस्नेतले बताउनुभयो ।

घटना लगत्तै वलीलाई उद्दार गरि स्थानीय हरुको सहयोगमा प्राथमिक उपचारका लागि बाँङ्गेलाखुरीमा रहेको मेडिकलमा लगिएको थियोे । घाइतेको दाहिने हात भाँचिएको छ , तर शरिरका अन्य भागहरुमा पनि चोट लागेको हुन सक्ने भएपछि थप उपचारका लागि जिल्ला अस्पताल खलंगा लगिएको स्थानीय स्वास्थ्यकर्मी भुपेन्द्र वलीले सल्यानन्यूज लाई जानकारी दिनुभएको छ ।

तस्बिर : फाइल

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार, ,  ७ : २३ बजे

प्रतिक्रिया दिनुहोस्