हामी परिक्षण प्रसारणमा छौ



सल्यान । अखिल (क्रान्तिकारी) बनगाड कुपिन्डे दोस्रो नगर सम्मेलन सम्पन्न भएको छ।

मंगलबार सम्पन्न दोस्रो नगर सम्मेलनमा नेकपा (माओवादी केन्द्र)का कर्णाली प्रदेश समिति उपाध्यक्ष तथा बनगाड कुपिन्डे नगरपालिका प्रमुख कर्ण बहादुर बुढाथोकी (छ्हारी ) को प्रमुख आतिथ्यता तथा अखिल (क्रान्तिकारी)का केन्द्रीय सचीव राजेन्द्र भन्डारी र अटल आचार्यको समेत उपस्थिति रहेको थियो।

नेकपा (माओवादी केन्द्र) सल्यान जिल्ला समन्वय समिति सचिव किर्ती बहादुर राना (दिप), बनगाड पार्टी ईन्चार्ज दिपक यरि(तुफान),नेकपा माओवादी केन्द्र बनगाड कुपिन्डे नगर अध्यक्ष दुर्गा बुढाथोकी ,नगर सचीव जीवन सिंह ठकुरी,अखिल (क्रान्तिकारी) सल्यान जिल्ला अध्यक्ष रमेश बुढाथोकी,सुर्खेत जिल्ला अध्यक्ष टिकाराम बिश्वकर्मा ,जाजरकोट जिल्ला पुर्ब अध्यक्ष तथा केन्द्रिय सदस्य धुर्बराज आचार्य लगायतले सम्मेलन सफलताको शुभकामना मन्तव्य राख्नुभएको थियो।

यस्तै अखिल (क्रान्तिकारी) बनगाड कुपिन्डे दोस्रो नगर सम्मेलनले शितल कवरको नेतृत्वमा ३३ सदस्यीय कार्य समिति सर्बसम्मत चयन गर्दै सम्पन्न भएको छ।
जसको उपाध्यक्षमा डिल्लीराज बुढा, चन्द्रा बुढाथोकी र धनसिङ कवर रहनुभएको छ। सचिवमा नारायण रावत, सह सचिवमा पुष्पा बुढाथोकी, शितलि यरि,सन्तोष नेपाली र कोषाध्यक्षमा टीका के सि लगायत ३३ जना सर्बसम्मत चयन गरेको अखिल (क्रान्तिकारी) सल्यान जिल्ला अध्यक्ष रमेश बुढाथोकीले जानकारी दिनुभयो।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार, ,  १ : १४ बजे

प्रतिक्रिया दिनुहोस्