हामी परिक्षण प्रसारणमा छौ



शरिरमा कपडा नै कपडा । एउटा कपडा पछि अर्को कपडा । कपडाका पोका मात्रै झुन्डिएका । झट्ट हेर्दा मानसिक सन्तुलन गुमाएका जस्ता तर ईमानदार ।कसैको केहि सामान नटिप्ने, नचलाउने ,बरु स्वतस्फूर्त रुपमा सडकका फोहर उठाएर जलाउने काम गर्ने बृद्ध ।

सल्यानमा झण्डै १३ बर्ष पछि यी बेवारिसे बृद्धको स्थानीय हरुले कपडा फेरिदिएका छन् । जिल्लाको बागचौर नगरपालिका वडा नं ४ डुम्मारे नमुना बस्ती घर भएका शोबे घर्ती लाई स्थानीय हरुले १३ बर्ष पछि शरिरका थोत्रा-झुत्रा कपडा निकालेर नयाँ कपडा लगाईदिएका हुन् । बोल्न नसक्ने घर्ती केही समय यता बागचौर नगरपालिका ५, बाँङ्गेलाखुरी बजारमा बस्दै आएका थिए । उनिलाई स्थानीय हरुले खाना दिदै आएका छन् । बजारमा भएका फोहर कसैले नभने पनि उठाउने काम गर्ने घर्तीलाई स्थानीय बजारबासी हरुले नयाँ कपडा लगायत बास बस्नको लागि सामानहरुको व्यवस्था गरिदिएको बाँङ्गेलाखुरी बजार ब्यवस्थापन समितिका सचिव तथा नेपाली काँग्रेस दार्माका सचिव हरिकिरण बस्तेनले जानकारी दिनुभएको छ ।

नेपाली नागरिकता अनुसार २०१८ सालमा जन्मिएका बेवारिसे अवस्थाका घर्ती पहिला घरायसी काम निकै ईमानदारी का साथ गर्ने गरेको र पछि घरका अन्य सदस्य हरुले बेवास्ता गरिदिए पछि ‘बेवारिसे तथा बेसहारा’ बनेको स्थानीय हरुले बताएका छन् । ४ भाइ मध्ये साँईला छोरा का रुपमा रहेका घर्ती कहिले र किन घरबाट निस्किएका हुन भन्ने तथ्य कसैसँग नभएको पाईएको छ । उनको नेपाली नागरिकता समेत बनेको र करिब १३ बर्ष देखि घर नै नगएको पाईएको छ । घरका अन्य सदस्य हरुलाई सम्पर्क गर्दा ‘घरमा आईदिए हुन्थ्यो’ भनेको सचिव बस्नेतले सल्यानन्यूज लाई जानकारी दिनुभएको छ । बेवारिसे घर्ती लाई परिवारसँग पुन: मिलन गराउने काममा सहजिकरण गर्ने बागचौर नगरपालिका वडा नं. ४ वडा अध्यक्ष कृष्ण बहादुर बस्नेतले बताउनु भएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार, ,  १० : ४१ बजे

प्रतिक्रिया दिनुहोस्