काठमाडाैं । बिहीबारदेखि शनिबार साँझसम्म परेको अविरल  वर्षाका कारण आएको बाढी, पहिरो तथा डुबानमा परेर  आइतबार बिहानको अध्यावधिक तथ्यांकअनुसार १०२ जनाको  ज्यान गएको छ।

यस्तै यहि बिपत्तिमा परेर ४५ जना घाइते भएका छन् भने ६४ जना अझै सम्पर्कमा नआएको प्रहरीको भनाइ छ।१९५ वटा घर र ८ वटा पुलमा क्षति पुग्दा ३ हजार भन्दा बढीको सकुशल उद्दार गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढी तथा पहिरोमा परेर ललितपुर, धादिङ, काठमाडौँ, काभ्रे, मकवानपुर, सिन्धुपाल्चोक, सोलुखुम्बु, पाँचथर, भक्तपुर, दोलखा, सिन्धुली, धनकुटा, महोत्तरी, रामेछाप, झापा, उदयपुर , इलाम, सप्तरी र नुवाकोटमा बढी क्षति भएकाे छ ।

Error generating audio.

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार, ,  ९ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्