हामी परिक्षण प्रसारणमा छौ



सल्यान । नेपालीहरुको महान पर्ब बडादसैँ आजबाट सुरु भएको छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरि सुरु गर्ने चलन रहेको छ । दसैँघर तथा  पूजाकोठामा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ आजदेखि सुरु भएको छ ।

आज बिहानै नित्य कर्म गरी चोख बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा जौँ रोप्ने चलन छ । यसलाई नेपाली मौलिक रुपमा जमरा राख्ने भन्ने गरिन्छ ।

जमरा राख्ने साइत आज बिहान  ९ः१६ बजे

आज घटस्थापनाको साइत बिहान ९ः१६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिलेले जनाएको छ ।आजैको दिन विधिपूर्वक घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजाआराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना पनि भन्ने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार, ,  ८ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्