सल्यान,दार्मा । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानले दार्मा गाउँपालिकामा भुकम्पवाट भत्किएका २०३ सौचालय निर्माण गरेको छ ।
गत बर्ष कात्तिक १७ गते जाजरकोटको रामिडाँडा केन्द्रविन्दु बनाएर गएको भुकम्पले दार्मामा ४१८० शौचालयमा क्षति पुर्याएको थियो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यान द्वारा सञ्चालित कर्णाली भुकम्प पुनलाभ कार्यक्रम अन्तर्गत दार्मा गाउपालिकामा भुकम्प प्रभावित ४१८० शौचालय मध्य रेडक्रस सोसाइटी सल्यान ले २०३ शौचालय निर्माण गरेको हो ।
शौचालय निर्माणमा जस्तापाता ३ थान, प्यान सिट १ , सिमेन्ट २ बोरा ,पाईप १ मिटर लागत मूल्य प्रति शौचालय रु छ हजार का दरले लाभग्राहिको खातामा जम्मा गरिदिएको छ । जस्मा लाग्ने अन्य सामाग्री भने प्रभावित लाभग्राही स्वयंमले व्यवस्था गरेर शौचालय निर्मान गरेको कर्णालि भुकम्प पुनर्लाभकार्यक्रमकाजि ल्ला संयोजक जगत तामाङले जानकारी दिनुभएको छ ।
भुकम्पबट प्रभावित दार्मा गाउपालिकामा रेडक्रसले पुनर्लाभ कार्यक्रम मार्फत विभिन्न क्षत्रमा काम गर्दै आएको छ ।