काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टीका उपाध्यक्ष प्रकाश ज्वालालाई प्रवक्ता बनाउने निर्णय गरेको छ। आज बसेको स्थायी कमिटीको बैठकले उपाध्यक्ष ज्वालालाई प्रवक्ताको जिम्मेवारी दिएको हो।
यसअघि प्रवक्तामा जगन्नाथ खतिवडा हुनुहुन्थ्यो। यस्तै,एकीकृत समाजवादीले संविधान संशोधनका लागि सुझाव कार्यदल बनाएको छ । उपाध्यक्ष प्रकाश ज्वालाको नेतृत्वमा रहेको कार्यदलमा गरिमा शाह, गणेश विक, बलदेव चौधरी, राचन्द्र यादव, धनप्रसाद गौतम र राजन राई सदस्य रहनुभएको छ ।