हामी परिक्षण प्रसारणमा छौ



म आम सल्यानी व्यबसायीहरुकै अपेक्षा अनुसार प्रगतिशिल व्यवसायिक प्यानलको तर्फबाट अध्यक्षको उम्मेदवार बनेको हुँ । मैले सल्यान उद्योग बाणिज्य संघमा हुँदा होस् अन्य सामाजिक संघसंस्थामा रहेर निर्वाह गरेको भूमिकाको उच्च कदर गर्दै व्यबसायीहरुले मलाई अध्यक्षमा देख्न चहानुभएको अबवस्था छ ।

आफू अध्यक्ष बनेमा म सबै व्यबसायीहरुका समस्यालाई समाधान गर्ने मेरो प्रमुख लक्ष्य रहेको छ । म संघ होस् या अन्य सामाजिक संघसंस्थाको जिम्मेवारीमा हुँदा रातदिन खट्दै काम गरेको अनुभव छ । त्यसैले अब उद्योगी व्यवसायिहरुका लागि मैले काम गर्ने भनेको अध्यक्ष भएरै हो ।

मेरो बल बुताले भ्याएसम्म विगतमा पनि धेरै व्यबसायीका आन्तरिक राजश्व कार्यालय, प्रशासनलगायतमा देखिएका व्यबसायीका समस्याहरुलाई निराकरण गर्न तत्पर भएँ ,समाधान गर्न लागिपरेँ । अब पनि मैले व्यबसायीका हरेक समस्या समाधान गर्नेछु ।

पछिल्लो समय व्यबसायीमा घरभाडामा निकै समस्या भएको अबस्था छ । घरबेटीले व्यबसायीलाई दुःख दिने तथा व्यबसायीले घरबेटीलाई दुःख दिने दुबै प्रबृति सल्यानमा पनि देखिन थालेका छन् । यी प्रबृतिको अन्त्य गर्न र व्यवसायिले नबुझेर मिसम्याचमा परेर कमाएको भन्दा बढी राजस्व तिर्ने समस्यालाई समाधान गर्न व्यवसायिलाई करशिक्षा सम्बन्धि तालिमको कुरा हरेक स्थानिय तहमा लैजाने नै मेरो मुख्य काम हुनेछ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहिबार, ,  ३ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्