सल्यान । सल्यानको बागचौर नगरपालिकाकाको १२ नम्बर वडाले बिद्यालयमा हाजिर नभएको भन्दै एक महिनाको तलब काटेको छ।
१२ नम्बर वडा अध्यक्ष टिकाराम वलीका अनुसार बागचौर नगरपालिका-१२,मा रहेको श्री दुर्गा सरस्वती माबिमा पढाउने कमला वली लगातार एक महिना बिद्यालय नआइ अन्य काम मा गएको हुँदा एक महिनाको तलब काटिएको सल्यानन्युज लाई  जानकारी दिनुभयो।


नपढाए अन्यलाइ पनि गर्नुहुन्छ यस्तै कार्बाहि ? भन्ने सल्यान न्युजको जिज्ञासामा उहाँले अब यो पार्टी,त्यो पार्टी भन्दा पनि सहि तरिकाले विद्यार्थीलाई शिक्षण गराउनका लागि उहाँहरुलाई दिशानिर्देश मात्र आफुले गरेको बताउनु भयो।

उहाँले भन्नुभयो ,’अब पढाउन बिद्यालय नजाने एकैपटक हप्ताको हाजिर गर्ने, जो कोहि व्यक्तिहरुलाई कानूनी दायरामा ल्याई कारवाही गर्न समेत म बागचौर नगर शिक्षा शाखालाई गम्भीरताका साथ अनुरोध गर्दछु ।’ यस्तै आफु अध्यक्ष भएदेखि ६ वटा कोठा थपिएको अन्य ३ कोठा ममर्त समेत गरेको बताउनु भयो।उहाँले जनाए अनुसार हाल बिद्यार्थीबाट कुनै शुल्क नलिएको बताउदै यस अघि विभिन्न शिर्षकमा अभिभावक बाट उठाएको १ लाख तिरानब्बे हजार अभिभावक लाई नै फिर्ता दिएको जानकारी दिनुभयो।

यता १३ बर्ष  पढाउदा पनि निमाबिमा २ पटक नगर शिक्षाले लगेको परिक्षामा आफुलाई फेल बनाइएको सोही विद्यालयमा कार्यरत शिशिका कमला वलीले सल्यानन्युज लाई जानकारी दिनुभयो । पटक पटक आफुले आफ्नो माग बारे  विद्यालय प्रशासनलाई जानकारी गराएपनि केहि सुनुवाइ नहुदा आफु एक महिना विद्यालय नगएको जानकारी  दिनुभयो । अहिले आफुले २६ हजार मासिक तलबमा काम गरिरहेको तर आफ्नो तलब  निमाविको स्केल हुनुपर्ने बताउनु भयो ।

यसैगरी विद्यालयका प्रअ अमृत खत्रीले लेखापाल मनिषा भण्डारीको कामको चापलाई ध्यान दिएर संघ र स्थानीय तहबाट २० हजार ५०० पाउनुपर्नेमा उहाँलाई निजि स्रोतबाट ६५०० थप गरेर मासिक २७ हजार  तलब खुवाइरहेको बताउनु भयो।

यसैगरी बागचौर नगरपालिका-१२,मा रहेको श्री दुर्गा सरस्वती माबिमा बालबिकासमा कार्यरत खला केसी वलीले बाल बिकास  संघबाट १०हजार , स्थानिय तहबाट आएको पाँच हजार गरि मासिक १५ हजार ,कार्यालय सहयोगी प्रेमा कुमारी रसाइलि  संघबाट आएको १० हजार र स्थानीय तहको पाँच हजार गरेर १५ हजार मासिक तलबमा काम गरिरहेको जानकारी दिदै अन्यमा समस्या नरहेको बताउनुभयो। उहाँले आफु लगायत हाल २१ जनाले पढाईरहेको र विद्यार्थी संख्या ८३७ जना रहेको जानकारी दिदै भवन संख्या ६ वटा मध्य एउटा भने जिर्न अवस्थामा रहेको बताउनु भयो।

यसैगरी बागचौर नगर शिक्षा शाखा प्रमुख चित्रा बस्नेतले आफुले नियमित तलब भत्ता विद्यालयको खातामा पठाए पनि अन्य कुरा थाहा नभएको सल्यानन्युजलाई जानकारी दिनुभयो। यसैगरी आफ्ना छोराछोरी घरकै रोटी खाएर नजिकै राम्रै शिक्षा दिनपाउदा बिद्यालय प्रति आफु लगायत थुप्रै अभिभावक खुशी भएको बाँफुखोला १२ कि देबिसरा वलीले सल्यानन्युजलाई जानकारी दिनुभयो। पुनस्च: अन्य बिद्यालयको समेत हरेक १५ दिनमा यसैगरी रिपोर्टिङ गर्ने छौं।तस्वीरहरु : बिनोद वली [email protected]