सल्यान । सल्यानमा एकीकृत समाजवादीबाट एक दर्जन बढी नेताकार्यकर्ता एमालेमा फर्कनु भएको छ । नेकपा एमाले बागचौर नगर कमिटीले बागचौरमा आयोजना गरेको एक कार्यक्रममा उहाँहरुलाई स्वागत गरिएको हो ।
नेकपा एकीकृत सामाजवादी जिल्ला कमिटी सदस्य तथा बागचौर नगर कमिटी सह इन्चार्ज टोप बहादुर डि.सि., जिल्ला कमिटी सदस्य नवराज शर्मा, सामाजवादी प्रेस संगठन सल्यानका उपाध्यक्ष बामदेव के.सी., बागचौर नगर कमिटि महिला उपाध्यक्ष चाँदनि वलि, नगरकमिटि सदस्य तथा ११ नं. वडा अध्यक्ष शेर बहादुर खड्का, नगरकमिटि सदस्य तथा ८ नं. वडा सचिव खकेन्द्र बुढाथोकी, नगर कमिटी सदस्य तथा ३ नं. वडा अध्यक्ष प्रदीप भण्डारी, नगर सल्लाहकार खलु खत्रि, अनेमासंघ नगर सदस्य बिष्णु के.सी., पवित्रा भण्डारी, हेमन्ता के.सी., महेन्द्र के.सी., युवा संघ ३ नं. वडा सचिव परलेस भण्डारी लगाएतले आफुहरु गलत बाटो लागेको र विना कुनै स्वार्थ एमालेमै फर्किएको बताउनुभएको छ ।
बैठकमा पार्टी केन्द्रले ल्यायको ३ महिने वडा केन्द्रित जरा अभियान अन्तर्गत माघ १८ गते देखि २९ गते सम्म १२ वटै वडा कमिटीका बैठक बस्ने र बैठक पछाडि लगातार चैत्र मसान्तसम्म घरदैलो कार्यक्रम घर फर्क अभियान संचालन गर्ने निर्णय गरेको बागचौर नगर कमिटी अध्यक्ष जनक वि.क. ले जानकारी दिनुभयो ।
बागचौर नगर कमिटी अध्यक्ष जनक वि.क. को अध्यक्षतामा भएको बैठकमा प्रदेश कमिटी सदस्य घनश्याम शर्मा, जिल्ला कमिटी सचिव पुष्पा बोहरा, एमाले नेता ज्ञानेश्वर के.सी., जिल्ला कमिटी सचिवालय सदस्य ज्ञान प्रसाद शर्मा, निर्मला रोका, जिल्ला कमिटी सदस्यहरु, नगर कमिटी विभिन्न जन वर्गीय सङ्गठनका नेताहरू लगायतको सहभागिता रहेको थियो ।
नगर कमिटी उपाध्यक्ष सोवाराम बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव देव बहादुर डाँगीले गर्नुभएको थियो ।
Error generating audio.