सल्यान । सल्यानको मदन भण्डारी पार्कमा सहिद दिवस मनाइएको छ । छत्रेश्वरी गाउँपालिका–५, मदन भण्डारी पार्क, दियारगाउँ लेखपोखरामा राष्ट्रिय सहिद दिवस २०८१ मनाएको हो ।
उक्त अवसरमा गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले सहिदहरूको शालिकमा माल्यार्पण गर्नुभएको हो । साथै स्थानीय सहिद परिवारलाई सम्मान पनि गरिएको ५ नम्बर वडा कार्यालयले जनाएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष बुढाथोकीले सहिदहरूको योगदान सम्झिँदै उनीहरूका सपनाहरू पूरा गर्न सबै एकजुट हुनुपर्ने बतानुभयो । उहाँले राष्ट्रिय पहिचान, स्वतन्त्रता र लोकतन्त्रको रक्षा गर्न सहिदहरूले देखाएको मार्ग अनुसरण गर्न आग्रह गर्नुभयो ।
गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ५ का वडा अध्यक्ष फौद बहादुर वस्नेतले समाज परिवर्तन र समृद्धि हासिल गर्नका लागि सहिदहरुले देखेको सपना सबैको हातेमालो र एकताको माध्यमबाट पूरा गर्न सकिने बताउनुभयो । कार्यक्रममा वडा सदस्य डुम बहादुर के.सी., टंक वली, तुल्सा नेपाली, विभिन्न राजनीतिक दलका प्रतिनिधि र स्थानीयवासी सहभागी रहेको थियो ।
मदन भण्डारी पार्कमा राष्ट्रिय सहिद मदन भण्डारी, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्द तथा स्थानीय सहिद तुलाराम बिक, तिलकराम वली, ताराप्रसाद बुढाका शालिक राखिएका छन् । दिवसको अवसरमा आयोजित कार्यक्रमको सहजीकरण वडा सचिव दुर्गा के.सी.ले गर्नुभएको थियो।
Error generating audio.