हामी परिक्षण प्रसारणमा छौ



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाश र ज्ञानकी प्रतीक सरस्वतीप्रति हार्दिक नमन व्यक्त गर्नुभएको छ।

आज वसन्तपञ्चमी तथा सरस्वती पूजाको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले अज्ञान, उत्तेजना र दुष्कर्मको अन्धकार हटोस् भन्नुभएको छ ।

सामाजिक सञ्जालमा प्रधानमन्त्रीले लेख्नुभएको छ , “आज वसन्तपञ्चमी, वसन्तपञ्चमीलाई हामी श्रीपञ्चमी पनि भन्छौँ । श्रीपञ्चमी, सरस्वती पूजा- बालबालिकाको अक्षरारम्भ गर्ने दिन । बोटबिरुवामा पनि अब नयाँ पालुवा पलाउन थाल्छ, चराहरू वसन्ती भाकामा गाउन थाल्छन्, यस ऋतुमा मानिसको मन पनि प्रमोदित हुन्छ । ”

Error generating audio.

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार, ,  १ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्