सल्यान । शारदा नगरपालिका वडा नम्बर-१,श्रीनगरमा जारी ‘दोस्रो बृहत् सल्यान महोत्सव’ स्थलमा राखिएका ब्यापारिक स्टलमा आगलागी हुँदा ठुलो क्षति भएको महोत्सव आयोजक संस्था रास्ट्रिय लोकदोहोरी प्रतिष्ठान सल्यानले जनाएको छ।
‘दोस्रो बृहत् सल्यान महोत्सव’ को आठौं दिन शनिबार राति ११ बजेतिर एक्कासि आगलागी हुँदा ठुलो क्षति भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। सल्यानका प्रहरी प्रमुख डिएसपी केशव न्यौपानेले विद्युत् सर्ट भइ आगलागी भएको हुन सक्ने आशंकामा अनुसन्धान भइरहेको जानकारी दिनुभयो। सल्यान महोत्सवमा झन्डै डेढ सय स्टलहरू रहेकोमा करिब ७० प्रतिशत स्टल जलेर नस्ट भएका छन् ।

कर्णाली प्रदेश सरकार पूर्व भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री,कर्णाली प्रदेशसभा सल्यानका सांसद भिम प्रकाश शर्माले सल्यान जिल्लामा भयानक ठुलाे धनमालकाे क्षति हुने गरि भएको आगलागीकाे बिषयमा प्रदेश सभामा ध्यानाकर्षण गर्नुभएको छ।

यसैगरी पुर्ब सामान्य प्रशासन मन्त्री टेक बहादुर बस्नेतले सामाजिक संजाल मार्फत आगलागी बाट ७० प्रतिशत स्टल पुर्ण रुपमा जलेर नष्ट हुँदा करोडौं धनमालकाे क्षति भएकोले अपराधमा संलग्न जुन सुकै व्यक्ति भए पनि छानबिनको दायरामा ल्याएर कानुनी कार्वाहीकाे माग सहित आगलागीबाट भएको क्षतिकाे उचित राहत व्यवस्थापन गर्न माग गर्नुभएको छ।

यसैगरी शनिबार राती भएको अकल्पनीय घटनाले सल्यान उद्योग वाणिज्य संघ परिवार स्तब्ध एवंम दुःखी भएको जनाउदै एक बिज्ञप्ति जारी गरेको छ । बिज्ञप्तिमा भनिएको छ,’ यस घटनामा पिडित व्यापारीहरुलाई आयोजक र ठेकेदारले उचित क्षतिपूर्तिका निम्ति पहल गरिदिनुहुन समेत स्थानीय सरकार, प्रहरी, प्रशासन, पत्रकार, बुद्धिजीवी एवंम् समस्त सबैमा यसै विज्ञप्ती मार्फत सवैमा हार्दिक आग्रह गर्दछौ।’

यस्तै नेकपा (माओवादी केन्द्र) शारदा नगर कमिटीले समेत उचित क्षतिपूर्ति सहित दोषीलाई कडा कार्बाहिको माग गरेको छ।यता स्थानीयका अनुसार रातीको समयमा आगलागी भएकोले आगो निभाउने दमकल जिल्लामा नहुँदा क्षति धेरै भएको छ।

आवरण तस्वीर :सरिता चलाउने

Error generating audio.

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार, ,  ८ : २४ बजे

प्रतिक्रिया दिनुहोस्