हामी परिक्षण प्रसारणमा छौ



सल्यान । सल्यान उद्योग वाणिज्य संघको फागुन २९ गते हुने निर्वाचनमा संयुक्त व्यावसायिक प्यानलले उठाएका केही प्रमुख एजेण्डाहरु पुनःसार्वजनिक गर्दै मतदातासँग आफ्नो प्यानललाई तिजाउन अपिल गरेको छ ।

व्यावसायिक एकता देखि स्थानीय उत्पादन र वजार प्रवद्र्धनका लागि प्रदर्शनी केन्द्र स्थापनासम्मको कुरालाई एजेण्डामा संयुक्त व्यवसायिक प्यानलले उठाएको छ ।

सम्पूर्ण व्यवसायिक टिमलाई भोली हुने निर्बाचनमा मत दिन मतदाताहरु आतुर भएको संयुक्त व्यवसायिक प्यानलका तर्फबाट अध्यक्षका उम्मेदवार कुमार बुढाथोकीले जनाएका छन् ।

अध्यक्षका उम्मेदवार कुमार बुढाथोकी, बरिष्ठ उपाध्यक्ष बिरेन्द्र कुमार श्रेष्ठ, बाणिज्य उपाध्यक्ष भरत कुमार बस्नेत,उद्योग तर्फका उपाध्यक्ष उम्मेदवार प्रेम बहादुर पुन, महासचिव पदका उम्मेदवार रुपक बुढा, सचिव पदका उम्मेदवार सुरेश कुमार केसी,कोषाध्यक्ष सुरेन्द्र बुढा चुनाबी मैदानमा होमिएका छन् ।

यस्तै महिला सदस्यहरु सरिता रावल गिरी,अमृता कुमारी बोहरा,लक्ष्मी सार्की,दलित सदस्य अर्जुन नेपाली,जनजाति सदस्य कमल घर्तिमगर,अल्पसंख्यक सदस्य डम्बर ओली,खुल्ला सदस्यहरु निर्मल कुमार शर्मा,सोभाराम बस्नेत,भिमबहादुर ओली,निम बहादुर रोका,तेज बहादुर खड्का,जयकृष्ण शर्मा,झग्गु प्रसाद रावत र वस्तुगत सदस्य मेघराज सुनारले प्रचार अभियानमा सबैको उत्साह देख्दा जित हाम्रै हुन्छ भन्नेमा विश्वस्त रहेको बताए ।

संयुक्त व्यवसायिक प्यानललाई नेपाली काँग्रेस,नेकपा एमालेको केपी शर्मा ओली समूह र राप्रपाको साथ र समर्थन भएकोले आफुहरुको जित सुनिश्चित जस्तै भएको प्रचार प्रसार समितिको दाबि गरेको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार, ,  १० : ४६ बजे

प्रतिक्रिया दिनुहोस्