सल्यान । आज सल्यानमा नेपाली कांग्रेसका महामन्त्री एवं पुर्व स्वास्थ मन्त्री गगन थापा आउने कार्यक्रम तय भएको छ।
नेपाली कांग्रेस सल्यानका पार्टी सभापति केश बहादुर बिस्टका अनुसार प्रथम जिल्ला सम्मेलन तथा बृहत् आमसभा कार्यक्रम मा उहाँ आउन लाग्नु भएको हो।कार्यक्रम टुडिखेलमा आयोजना गरिएको शारदा नगरपालिकाका नगर प्रमुख एवं नेपाली कांग्रेसका सल्यानका पार्टी सचिव प्रकाश भण्डारीले जानकारी दिनुभयो।
नेपाली कांग्रेसका महामन्त्री एवं पुर्व स्वास्थ मन्त्री गगन थापा आउने कार्यक्रमले आम नेता कार्यकर्तामा उत्साह जागेको कांग्रेसका युवा नेता नेत्र वलीले जानकारी दिनुभयो ।
