सल्यान । नेकपा माओवादी केन्द्रले ६ महिने अभियानलाई सल्यानमा व्यापक गरिरहेको छ ।
‘घरघरमा माओवादी जनजनमा माओवादी’ नारासहित जनतासंग माओवादीका नाममा सुरू भएको अभियान अन्तर्गत शारदा नगरपालिकामा विस्तारित बैठक सहित अभियान शुरू भएको हो।
यहि फागुण २४ गते नगरको वडा नं ९ बागचौरबाट अभियान उद्घाटन गरिने पार्टीका केन्द्रीय सदस्य तथा शारदा नगरपालिका इन्चार्ज रत्न बहादुर वलीले जानकारी दिनुभयो । दुईदिन सम्म चलेको बैठकले ६ महिने अभियानको कार्ययोजना समेत तयार पारेको छ ।
कार्ययोजना अनुसार वडाहरूमा भेला तथा सम्मेलन, पार्टी सदस्यता नविकरण तथा नयाँ सदस्यता आवेदन खुला, वडा तथा नगरमा ज्ञापनपत्र पेश गर्ने र विशेष अन्तरसब्बादका साथ युवा विद्यार्थीसंग विशेष कार्यक्रम गर्ने निर्णय गरिएको छ । सहिद सप्ताहका अवसरमा गरिएको कार्यक्रममा पालिका भित्रका १३ सहिद तथा वेपत्ता योद्धाका परिवारलाई सम्मान गरिएको छ ।
कार्यक्रममा वेपत्ता तथा सहिद योद्धा वासुदेव शर्माका भाइ प्रेम शर्माले नेकपा एमाले परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । एमालेका जिल्ला कमिटी सदस्य तथा अनेरास्ववियुका पुर्व अध्यक्ष शर्मा लामो समयदेखी वामपन्थी आन्दोलन कृयाशिल नेता हुनुहुन्छ । शिक्षण पेशामा आवद्ध शर्माका दाइ बासुदेवलाई माओवादीमा विचार राखेकै आरोपमा २०५९ बैशाख २३ गते जिल्ला शिक्षा कार्यालयमा बोलाएर जिल्ला प्रशासन मार्फत राज्यले तत्कालीन शाही सेनालाई बुझाएको थियो ।
उहाँलाई सिमखर्क व्यारेकबाट वेपत्ता पारिएको र राज्यले हत्या गरिसकेको हुनाले परिवारले काजकृया समेत गरिसकेको जनाएको छ । प्रदेश सहइन्चार्ज टेक बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला इन्चार्ज कृती बहादुर पुन, केन्द्रीय सदस्यहरू टीका बुढाथोकी, रत्न बहादुर वलीले सम्बोधन गर्नुभएको थियो। त्यस्तै बैठकमा प्रदेश सदस्यहरू प्रमोद श्रेष्ठ, नवीन भडेल, हरि बहादुर डिसी, हिमाल योगि यात्रीले सम्बोधन गर्नुभएको थियो ।
नगर अध्यक्ष मोहन बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव टोपेन्द्र बुढाले गर्नुभएको थियो ।
Error generating audio.