दाङ।तुलसीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कोषाध्यक्ष पदमा कर्णबहादुर वली प्रतिष्पर्धामा हुनुहुुन्छ । लामो समय शिक्षण पेशा पछिल्लो समय सामाजिक क्षेत्रमा खटिनुभएका कर्ण बहादुर वलीले यसपटक तुलसीपुर खानेपानीको नेतृत्वमा आएर खानेपानीका धारा तुलसीपुरका सबै घरमा जडान गर्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रिनु भएको छ  ।

२०२४ साल पुस २ मा सल्यान जिल्ला बागचौर नगरपालिका वडा नम्बर १२ दहरखोला (साबिक बाँफुखोला गाबिस वडा नम्बर-२) मा बुबा चन्द्र बहादुर वली र आमा तुलशा वलीको कोखबाट वलीको जन्म भएको हो।२०४५ साल पुस २ देखी २०६९ साल पुस १७ सम्म उहाँले रोल्पामा शिक्षण पेशा गर्नुभयो । २०६७ देखि सहयोगी बचत तथा ऋण सहकारी संस्थामा आबद्ध उहाँले २०७७ सम्म अध्यक्ष भएर कुशल नेतृत्व दिन सफल हुनु भयो। यसैगरी वलीले २०७४ सालमा सल्यान-दाङ सेवा समाजको स्थापना गरेर २०८० सम्म त्यसको नेतृत्व समेत गर्नुभएको थियो।

सामाजिक सेवामा सधैं खटिएका वली हाल सहयोगी बचत तथा ऋण सहकारी र सल्यान दाङ सेवा समाजको सल्लाहकारको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ। टोल बिकास संस्था अध्यक्ष समेत रहनु भएका वलीले आउँदो चैत २ गते हुने तुलसीपुर खानेपानी उपभोक्ता सरसफाई समितिको आगामी नेतृत्वको लागि अध्यक्ष सीताराम शर्माको प्यानलबाट कोषाध्यक्ष पदमा आफ्नो उम्मेदवारी दिनुभएको छ ।

‘तुलसीपुरमा रहेका हरेक घरका धारामा शुद्ध र सहज रूपमा खानेपानी उपलब्ध गराउने मेरो प्रतिबद्धता छ ।’ वलीले भन्नुभयो ,‘तुलसीपुर खानेपानी संस्था कुनै ब्यक्तिले भन्दा पनि सिस्टमम चल्नुपर्छ भन्ने मेरो मान्यता छ ।’

तुलसीपुरमा देखिएको खानेपानीको समस्या समाधानका लागि नयाँ स्रोतहरूको पहिचान गर्ने र वितरण प्रणालीलाई अझ बढी प्रबिधि मैत्री बनाउने योजना सुनाउदै हाल वलीले घरदैलो अभियानमा आफ्नो प्रचार प्रसारलाई तीब्रता दिनुभएको छ ।तुलसीपुरका आम नागरिकहरूलाई स्वच्छ,पर्याप्त र सर्बसुलभ रुपमा खानेपानी वितरण गर्ने प्रतिबद्धता सहित चुनाबी मैदानमा होमिनु भएको छ ।

 

 

 

 

Error generating audio.

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार, ,  २ : २३ बजे

प्रतिक्रिया दिनुहोस्