सल्यान। सल्यानको शारदा नगरपालिकामा शैक्षिक भेला सम्पन्न भएको छ। नगर प्रमुख प्रकाश भण्डारीको अध्यक्षतामा सम्पन्न भेलामा उप प्रमुख सुस्मिता सापकोटा, प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटा, नगर प्रवक्ता तथा वडा नं ११ का अध्यक्ष राजेश कुमार शर्माको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा वडाअध्यक्षहरू प्रदिप पाण्डे, सविन हमाल, तुल्सा भण्डारी, किशोर कुमार हमाल, प्रदिप शाही र प्रकाश पुनको पनि उपस्थिति रहेको थियो।शिक्षा समितिका पदाधिकारीहरू यज्ञ विक्रम शाह र कमल थापाका साथ नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्ली राज रावत सहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा शिक्षक अविभावक संघका अध्यक्षका साथ प्रधानाध्यापक र कक्षा ५ र ८ का केन्द्राध्यक्षहरू सहभागि हुनुभएको थियो ।
कार्यक्रममा पतञ्जली योग समिति नेपालका केन्द्रिय प्रभारी लभदेव मिश्रले शिक्षकहरूलाई मोटिभेसनल कक्षा संचालन गर्नुभएको थियो भने शिक्षाविद बीरबहादुर सेजवालले शैक्षिक प्रस्तुती राख्नुभएको थियो।भेलामा नगर प्रमुखका प्रेस सल्लाहकार योग राज विश्कर्माले शारदा नगरपालिकाले विगत ३ वर्षको शैक्षिक उपलब्धिका बारेमा भिडियो प्रस्तुती समेत राख्नुभएको थियो ।
कार्यक्रममा नगरस्तरीय परीक्षाको परिणाम अनुसार उत्कृष्ट हुनेहरूलाइ सम्मान गरिएको छ । उत्कृष्ट हुनेहरूमा संस्थागत विद्यालयतर्फ कक्षा ५ मा ब्राइट पर्ल एकेडेमी र कक्षा ८ मा मित्र प्याराडाइज बोर्डिङ स्कुल छन्। सामुदायिक विद्यालयतर्फ कक्षा ५ मा शिवजन मावि र कक्षा ८ मा महेन्द्र मावि पिपलनेटा उत्कृष्ट घोषित भएका छन्। साथै २ जना केन्द्राध्यक्षलाई पनि सम्मान गरिएको छ।
भेलामा सहभागीहरूले नगरपालिकाको शिक्षाको सवालमा रहेका विभिन्न जिज्ञासा तथा प्रश्नहरू राखेका छन । प्रश्नको जवाफ दिदै नगर प्रमुख प्रकाश भण्डारीले शारदाको शिक्षा क्षेत्रलाई गुणस्तरीय बनाउने उद्देश्यले नगर सरकार प्रतिबद्ध रहेको बताएका छन ।
कार्यक्रमको सहजीकरण शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख लिलाधर बबालले गर्नुभएको थियो भने नगर प्रवक्ता राजेश कुमार शर्माले समेत मन्तव्य राख्नुभएको थियो।
Error generating audio.