हामी परिक्षण प्रसारणमा छौ



सल्यान । सल्यान उद्योग बाणिज्य संघको नयाँ कार्यसमिति चयनका लागि शनिबार भएको निर्बाचनको २००३ मतमध्ये ६०० गणना हुदा संयुक्त व्यवसायिक प्यानलका अधिकांस उम्मेदवारले अग्रता लिएका छन् ।

जसमध्ये संयुक्त व्यवसायिक प्यानलको तर्फबाट अध्यक्षका उम्मेदवार बनेका कुमार बुढाथोकीले ३११ मत ल्याएका छन् भने प्रगतिशिल व्यवसायिक प्यानलको तर्फबाट अध्यक्षको उम्मेदवार राजेन्द्र कुमार थापाले २७२ मत ल्याएको निर्बाचन समितिका प्रमुख निर्बाचन अधिकृत बीर बहादुर सेजवालले जानकारी दिए ।

६०० गन्दा कुन उम्मेदवारले कति ल्याए मत ?


कति खस्यो मत ?

विहान ८ बजेदेखि सुरु भएको मतदान ४ बजेसम्म नसकिएपछि डेढ घण्टा समय थप गरि साढे ५ बजेसम्म मतदान कार्य भएको थियो । तर, त्यो समय पनि प्रयाप्त नभएपछि करिब साढे ६ बजेसम्म मतदान कार्य भएको थियो ।

जसमा २००३ जनाले मतदान गरेका छन् । संघमा २ हजार ३ सय ३८ जना मतदाता रहेका थिए । जसमा ३ सय ३५ जनाले मतदान नगरेको प्रमुख निर्बाचन अधिकृत बीरबहादुर सेजवालले सल्यानन्युजलाई जानकारी दिए ।

उवासंघमा २१ पदकालागि ४२ जना उम्मेदवार सहभागि थिए । जसमा प्रगतिशिल व्यवसायिक प्यानलको नेतृत्व राजेन्द्र कुमार थापा र संयुक्त व्यवसायिक प्यानलको नेतृत्व कुमार बुढाथोकीले गरेका छन् ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार, ,  ९ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्