रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका १० तिमिलेमा गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।सोमबार दिउँसो लु प्र ०२-००१ च ०१७७ नम्बरको स्कार्पियो गाडी दुघर्टना भएको प्रहरीले बताएको छ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १० जन्मघर भई हाल दाङको तुल्सीपुर ५ नामिनगरमा बस्दै आउनुभएका ५० वर्षीय नरबहादुर ओलीको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा परेर उहाँको श्रीमती, माइली आमा र गाडी चालक घाइते हुनुभएको छ। गाडीमा चालकसहित चार जना मात्र रहेको बताइएको छ ।घाइतेहरूलाई अहिले स्थानीय मेडिकलमा उपचारको लागि लगिएको छ ।
कुल पूजाको लागि दाङबाट रुकुम पश्चिम आउनुभएका उहाँहरू दाङ फर्कने क्रममा तिमीलेमा दुर्घटनामा पर्नु भएको हो ।
स्थानीयका अनुसार तीव्र गतिमा रहेको गाडी सडकबाट करिब एक किलोमिटर तल खसेको छ। घटनास्थलमा प्रहरी पुगेको र थप अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो ।
Error generating audio.