हामी परिक्षण प्रसारणमा छौ

सल्यान उद्योग बाणिज्य संघको अध्यक्षमा कुमार बुढाथोकी बिजयी

प्रगतिशिलका मोहन सारु र निरज सिंह विजयी



सल्यान । सल्यान उद्योग बाणिज्य संघको नयाँ कार्यसमिति चयनका लागि शनिबार भएको निर्बाचनको अन्तिम मतपरिणाम अनुसार संयुक्त व्यवसायिक प्यानलका अध्यक्षका उम्मेदवार कुमार बुढाथोकी बिजयी भएका छन् ।

अध्यक्षमा बिजयी कुमार बुढाथोकीले १०२७ मत ल्याएका छन् भने प्रगतिशिल व्यवसायीक प्यानका राजेन्द्र कुमार थापाले ९२८ मत ल्याएका छन् । यस्तै महासचिवमा प्रगतिशिल व्यवसायिक प्यानलका उम्मेदवार मोहन सारुले ९६७ मत ल्याएर बिजयी भएका छन् भने उनका प्रतिस्पर्धि संयुक्त व्यवसायिक प्यानलका उम्मेदवार रुपक बुढाले ९५२ मत ल्याएका छन् ।

निर्बाचनमा बिजयी कुन उम्मेदवारले कति मत ल्याए ?

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार, ,  १० : १६ बजे

प्रतिक्रिया दिनुहोस्