सल्यान । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) सल्यानको इन्चार्जको जिम्मेवारी मनोज बुढाक्षेत्रीले पाउनुभएको छ । केन्द्रीय समितिको प्रथम बैठकले बुढाक्षेत्रीलाई सल्यानको इन्चार्जको जिम्मेवारी दिएको हो ।
यस्तै अखिल (क्रान्तिकारी)को केन्द्रिय समितिले सार्वजनिक विवरणअनुसार सल्यानको इन्चार्जमा मनोज बुढाक्षेत्रीलाई नेतृत्व दिने निर्णय भएको छ ।
बैठकले सल्यानको इन्चार्जमा मनोज बुढाक्षेत्रीको आगमनले संगठनको आन्तरिक मजबुती, विद्यार्थी आन्दोलनलाई थप सक्रिय बनाउने रणनीति, तथा राजनीतिक कार्यदिशालाई प्रभावकारी बनाउन बल पुग्ने बिश्वास लिइएको बताइएको छ ।
बैठकमा विभिन्न प्रदेश, विभाग र जिल्लाको इन्चार्जको जिम्मेवारी दिएको र निकट भविष्यमै सङ्घर्षका कार्यक्रमहरू सार्वजनिक गरिने जनाइएको छ ।
Error generating audio.