हामी परिक्षण प्रसारणमा छौ



९ चैत २०७७,सल्यान । स्वास्थ्य सेवा कार्यालय सल्यानको आयोजनामा सन्तानको रहर पुगेका दम्पतीहरुको लागी सल्यानमा परिवार नियोजन पुरुष स्थायी वन्ध्याकरण (भ्यासेक्टोमी) शिविर संञ्चालन गरिएको छ ।

जिल्लाको बागचौर नगरपालिका वडा नम्बर‐१२, बाँफुखोलामा रहेको स्वास्थ्य चौकीमा पुरुष स्थायी वन्ध्याकरण शिविर सञ्चालन गरिएको हो ।
बाँफुखोलामा आईतवार सम्पन्न शिविरमा सन्तानको रहर पुगेका १४ जना पुरुषहरुको स्थायी वन्ध्याकरण (भ्यासेक्टोमी) गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । सल्यान जिल्ला अस्पतालका डा. प्रदिप शर्माको नेतृत्वमा खटिएको चिकित्सकको टोलीले १४ पुरुषहरुको भ्यासेक्टोमी गरेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

पुरुषले स्थायी वन्ध्याकरण (भ्यासेक्टोमी) गरेमा कमजोर भैइन्छ भन्ने आमनागरिकहरुमा भ्रम सिर्जना भैरहेको अवस्थामा शिविरमा बाँफुखोलाका पुरुषको उत्साहजनक सहभागितालाई सकारात्मक रुपमा लिएको बाँफुखोला स्वास्थ्य चौकिमा कार्यरत महेन्द्र ओलीले जनाए । पुरुष स्थायी वन्ध्याकरण गरेपश्चात थप सन्तान नहुने भएकाले सन्तानको रहर पुरा भएपछि स्वास्थ्य अवस्थालाई सही ठाँउमा राख्न र सानो परिवार, सुखी परिवार तथा खुसी परिवार वनाउनको लागी परिवार नियोजन गर्न आवश्यक रहेको डा. शर्माले जानकारी दिनुभयो ।

कहाँ कहिले हुदैछ स्वास्थ्य शिविर ?
स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार जिल्लाका थप २ स्थानमा पुरुष स्थायी वन्ध्याकरण (भ्यासेक्टोमी) शिविर सञ्चालन हुने भएको छ ।
यही चैत ११ गते दार्मा गाउँपालिकाको प्रसुति गृह फारुलाचौरमा र चैत १७ गते कालिमाटी गाउँपालिकाको रामपुर स्वास्थ्यचौकीमा शिविर संञ्चालन हुने स्वास्थ्य सेवा कार्यालय सल्यानका सुचना अधिकारी थलराज डिसीले सल्यानन्युजलाई जनाए ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार, ,  ९ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्