सल्यान। सल्यानको कपुरकोट–चौरखोला सडकखण्डमा भएको हाइस दुर्घटनामा तीन जनाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार रूकुमबाट दाङतर्फ आउँदै गरेको लु २ ख ६५०२ नम्बरको हाइस सडकदेखि करिब ४ सय मिटर तल खसेको हो। दुर्घटनामा एक महिला र दुई पुरुषको घटनास्थलमै मृत्यु भएको छ।
सोही हाइसमा सवार एक महिला र एक पुरुष गम्भीर घाइते भएका छन्। उनीहरूलाई थप उपचारका लागि दाङ पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी मृत्यु हुने र घाइते हुनेको नाम, ठेगाना र दुर्घटनाको कारण खुल्न बाँकी रहेको जिल्ला प्रशासन कार्यालय सल्यानका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले जानकारी दिनुभयो।
Error generating audio.