सल्यान। नेपाल कम्युनिस्ट पार्टी (एमाले) कपुरकोट गाउँपालिका कमिटीको आयोजनामा जनप्रदर्शन सम्पन्न भएको छ ।
बिघटित प्रतिनिधिसभाको पुनस्र्थापना, प्रतिगमनकारी षड्यन्त्रको बिरुद्ध तथा गत भदौ २३ र २४ गतेको घटनाको निष्पक्ष छानविन, तोडफोड, लुटपाट, आगजनीमा संलग्न अपराधीलाई कारबाही, हत्या, हिंसा, आतंक बन्द गर्न माग गर्दै एमालेको पक्षमा विभिन्न नाराहरु लगाउँदै कपुरकोट बजारदेखी र्याली निकालेर पुरानो कालिका माबिको प्रांगणमा सभाको आयोजना गरिएको थियो ।

नेकपा एमाले कपुरकोट गाउँपालिका कमिटी अध्यक्ष क. मधुसूदन गिरीको अध्यक्षता, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष भिम बहादुर सेनको प्रमुख आतिथ्यता एवं प्रदेश कमिटी सदस्य तथा कपुरकोट गाउँपालिका इन्चार्ज घनश्याम शर्माको बिशिस्ट आतिथ्यतामा भएको कार्यक्रममा एमाले जिल्ला कमिटी सचिवालय सदस्य ओम बहादुर बुढा, जिल्ला कमिटी सदस्य तथा कपुरकोट ४ का निर्वाचित वडा अध्यक्ष मित्र कठायत, जेन जी उमेर समुहका युवा मनोज परियार लगायतले मन्तव्य राख्नुभएको थियो ।
पालिका कमिटी उपाध्यक्ष तथा कपुरकोट २ का निर्वाचित वडा अध्यक्ष इश्वर बुढाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जिल्ला कमिटी सचिवालय सदस्य टोपेन्द्र केसी, भिमा बुढाथोकी, जिल्ला कमिटी सदस्य तथा युवा फाँट संयोजक द्रोण केसी, जिकस अरुणा खत्री, तेज बहादुर राणा, ललिता गिरी, रुपलाल बुढाथोकी, कृष्ण बिक सहित पालिका कमिटिका सदस्य, विभिन्न वडा कमिटीका अध्यक्षहरु, युवा संघ नेपाल जिल्ला कमिटी उपसचिव प्रेम घर्ती, पालिका कमिटी अध्यक्ष मिलन पुन, प्रवासी नेपाली मंच कतारका राष्ट्रिय समिती सदस्य टंक बिक, विभिन्न जनवर्गीय संगठनका प्रमुख, प्रतिनिधि लगायत सयौं संख्यामा नेकपा एमालेका नेता कार्यकर्ता र शुभचिन्तकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
सो अवसरमा नेपाली काँग्रेस, माओवादीबाट एमालेमा प्रवेश गर्नुहुने ५ जना र समाअवादीबाट समाहित हुनुहुने एकजना गरेर ६ जनालाइ प्रमुख अतिथी लगायतले पार्टीमा स्वागत गर्नुभएको थियो । कार्यक्रमको संचालन पालिका कमिटी सचिव रुपक बुढाले गर्नुभएको थियो ।

