सल्यान । नेपाली कांग्रेसले फागुन २१ मा हुने आम निर्वाचनका  लागि देशभरबाट एकसाथ आफ्ना उम्मेदवारी सिफारिस गर्ने क्रम जारी छ।

नेपाली कांग्रेस सल्यानको शोमबार सम्पन्न बैठकले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ केश बहादुर विष्ट,सन्तोष केसी, एकराज डाँगी, मान बहादुर डाँगी, दिपेन्द्र कुमार खत्री र सुरेश चन्दको नाम सिफारिस गरेको हो ।

बैठकले प्रतिनिधिसभाको समानुपातिकतर्फ खसआर्यमा चक्र देवकोटा, प्रेम बहादुर डाँगी, वीर बहादुर सेजुवाल, गणेश चन्द, धुर्ब बहादुर मल्लको नाम सिफारिस गरेको छ । समानुपातिक महिला तर्फ शुबद्रा बस्नेत, सीता गिरी, विष्णु कुमारी शर्मा र दलिततर्फ चक्र बहादुर परियारको  नाम सिफारिस गरेको छ ।

यसैगरी बैठकले राष्ट्रियसभाको सदस्यका निम्ति जिल्लाबाट धुर्बराज पुरीको एकल नाम सिफारिस गरेको कांग्रेस सल्यानका उपसभापति सन्तोष केसीले जानकारी दिनुभयो।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ६ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्