हामी परिक्षण प्रसारणमा छौ



शुक्रबार, चैत १३, २०७७ । बागचौर– बागचौर नगरपालिका‐११ पानीचौरमा बिहिबार आधारभुत स्वास्थ्य सेवा केन्द्रको भवन उद्घाटन गरिएको छ ।

नगरभित्रका हरेक वडामा स्वास्थ्य सेवा केन्द्र स्थापना गर्ने नगरको योजना अनुसार बाँफुखोलाको पानीचौरमा स्वास्थ्य सेवा केन्द्र स्थापना गरीएको नगर प्रमुख लोकमान बुढाथोकीले सल्यानन्युजलाई जानकारी दिनुभयो ।

नगरपालिकाका प्रमुख लोकमान बुढाथोकी र उपप्रमुख कल्पना पुनले एक कार्यक्रमका बिच बिहिबार नवनिर्मित भवनको उद्घाटन गर्नुभयो । यस स्वास्थ्य केन्द्रबाट बागचौर नगरपालिका वडा नम्बर ६,७ र ११ का करिब ७ सय घरपरिवारले सेवा लिने ११ नम्बर वडा अध्यक्ष मोहनलाल खड्काले बताउनुभयो । उहाँका अनुसार बिहिबार देखि नै सेवाग्राहीले सेवा पाएका छन् । कार्यक्रममा विभिन्न आमा समूहको तर्फबाट नित्य प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार, ,  १२ : १८ बजे

प्रतिक्रिया दिनुहोस्