सल्यान । औषधि व्यवस्था विभागले तोकिएको समयसीमाभित्र नवीकरण नगरेका सल्यानका १८ वटा औषधि पसलहरूको सञ्चालन प्रमाणपत्र रद्द गरेको छ । विभागले मंगलबार सार्वजनिक सूचना जारी गर्दै प्रमाणपत्र स्वत रद्द भएको स्पष्ट पारेको हो ।
विभागका अनुसार तोकिएको कानुनी अवधि भित्र नवीकरण प्रक्रिया पूरा नगरेका अनुज्ञापत्र सिफारिसपत्र तथा अन्य सम्बन्धित प्रमाणपत्रहरू स्वत रद्द हुने प्रावधानअनुसार उक्त निर्णय कार्यान्वयन गरिएको हो ।
यससँगै अब ती औषधि पसलहरू कानुनी रूपमा औषधि बिक्री–वितरण गर्न अयोग्य भएका छन् ।विभागले जारी गरेको सूचनामा सम्बन्धित सबै औषधि पसल सञ्चालकहरूलाई आफ्नो प्रमाणपत्रको अवस्था यकिन गर्न, आवश्यक प्रक्रिया पूरा गर्न र भविष्यमा औषधि बिक्री वितरण गर्दा कानुनी व्यवस्था तथा विभागीय निर्देशनहरूको पूर्ण पालना गर्न विशेष आग्रह गरेको छ ।
२८ जेठ २०८३ सम्म नवीकरण म्याद समाप्त भई स्वतस्रद्द भएका औषधि पसलहरूको विस्तृत सूची समेत विभागले सार्वजनिक गरेको छ ।
नवीकरण म्याद समाप्त भई प्रमाणपत्र स्वतः रद्द भएका सल्यानका औषधि पसलहरूको विवरण
१. निशान फार्मेसी (Nishan Pharmacy)
२. जीवन हेल्थकेयर फार्मेसी (Jiwan Healthcare Pharmacy)
३. आरोग्य आयु मेडिकल (Arogya Ayu Medical)
४. अधिकारी बन्धु पोलिक्लिनिक प्रा.लि. फार्मेसी युनिट (Adhikari Bandhu Polyclinic Pvt. Ltd. Pharmacy Unit)
५. नवराज आयुर्वेदिक मेडिकल हल (Navaraj Ayurvedic Medical Hall)
६. आनन्दा मेडिकल हल (Aananda Medical Hall)
७. सुशीला मेडिकल हल (Sushila Medical Hall)
८. शारद्धा होमियो औषधि पसल (Sharaddha Homeo Aushadhi Pasal)
९. सञ्जीवनी मेडिको फार्मेसी (Sanjibani Medico Pharmacy)
१०. आर.एच. चन्द आयुर्वेदिक मेडिकल (R.H. Chand Ayurvedic Medical)
११. किसान भेट (Kisan Vet)
१२. अनुस्का आयुर्वेदिक फार्मेसी (Anuska Ayurvedic Pharmacy)
१३. वीरेन्द्र होमियोप्याथी औषधि पसल (Birendra Homeopathy Aushadhi Pasal)
१४. गणेश होमियोप्याथिक औषधि पसल (Ganesh Homeopathic Aushadhi Pasal)
१५. पविता होमियोप्याथी औषधि पसल (Pabita Homeopathy Aushadhi Pasal)
१६. पारस भेटेरिनरी सेन्टर (Paras Veterinary Centre)
१७. लाइफ होमियोप्याथी औषधि पसल (Life Homeopathy Aushadhi Pasal)
१८. देवकोटा मेडिकल हल (Devkota Medical Hall)
