हामी परिक्षण प्रसारणमा छौ

एकीकृत अखिल नेपाल शिक्षक संगठन बागचौर नगर कमिटीको अध्यक्षमा रविकिरण ओली

रविकिरण ओलीको अध्यक्षतामा ९१ सदस्यीय नगर परिषद् गठन



५ चैत्र,सल्यान । एकीकृत अखिल नेपाल शिक्षक संगठन बागचौर नगर कमिटीको प्रथम नगर परिषद् बैठक रविकिरण ओलीको अध्यक्षतामा ९१ सदस्यीय नगर परिषद् गठन गरी बागचौरमा शनिवार सम्पन्न भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रिय समिति सदस्य,सल्यानबाट निर्बाचित संघीय सांसद तथा पूर्व सामान्य प्रशासन मन्त्री टेक बहादुर बस्नेतको प्रमूख आतिथ्यता ,संगठनका पूर्व केन्द्रीय अध्यक्ष तथा शिक्षक महासंघ राष्ट्रिय समिति पूर्व सहअध्यक्ष रत्न बहादुर ओलीको विशिष्ट आतिथ्यता,नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का कर्णाली प्रदेश सदस्यहरु कृति बहादुर पुन, टिकाराम ओली, सल्यान जिल्ला कमिटी सदस्यहरु लोकमान बुढाथोकी,कल्पना पुन , संगठनका केन्द्रिय सदस्य टेक बहादुर डि.सी , केन्द्रिय परिषद् सदस्यहरु उमेश कुमार बुढाथोकी,डा.पूर्ण बहादुर भण्डारी लगायतका अतिथिहरुको आतिथ्यतामा सम्पन्न उक्त बैठकमा बागचौर नगरपालिका भित्रका २१८ जना संगठित सदस्यहरुको उपस्तिथि रहेको संगठनले जनाएको छ ।

बैठकमा शुभकामना मन्तब्य राख्दै अतिथिहरुले लामो संघर्षपूर्ण इतिहास बोकेको यो संगठनले विषम परिस्तिथिमा पार्टीलाई पुर्याएको योगदानको उच्च मूल्याङकन भएको र आगामी दिनहरुमा पनि पार्टीले थुप्रै अपेक्षा गरेको धारणा राखेका थिए । पेशागत क्षमता विकास गर्दै आआफ्नो विद्यालयलाई प्रविधी मैत्री विद्यालयको रुपमा रुपान्तर गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने थलोको रुपमा विकास गर्दै जानुपर्ने बताएका थिए । बदलिदो समयमा आइसिटीको आधारभूत ज्ञान विना शिक्षण प्रभावकारी नहुने कुरालाई मध्य जनर गरी नगर कमिटीको आयोजनामा नगरपालिका भित्रका शिक्षक÷कर्मचारीहरुको लागि आधारभूत आइसिटी तालिमको संचालन गर्ने योजना तय गरिएको नगर परिषद् अध्यक्ष रविकिरण ओलीले सल्यानन्युजलाई जनाए ।

सोही बैठकमा नगर कमिटीको तर्फबाट बागचौर नगरपालिकाको वडा नम्बर‐४,स्थित जनता आधारभूत विद्यालयका स्वर्गिय शिक्षक प्रेम बहादुर बस्नेतका ४ जना छोराछोरीलाई विद्यालय पोशाक र स्टेशनरी उपलव्ध गराइएको थियो । रविकिरण ओलीको अध्यक्षता र वरिष्ठ उपाध्यक्ष रमण कुमार गौतमको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रम नगर सचिव विरेन्द्र प्रकाश डि.सीले गरेका थिए ।

 

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार, ,  १ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्