१७ बैशाख,छत्रेश्वरी । सल्यानको छत्रेश्वरी गाउँपालिकाले निषेधाज्ञाको समयमा गाउँपालिकाबासीलाई सहज होस् भनी शःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको जनाएको छ । त्यसका लागि गाउँपालिकाको स्वास्थ्य शाखाले ३ वटा एम्बुलेन्स तयारी अबस्थामा राखेको जनाएको छ ।
सेवाग्राहीले सञ्चालन भएको एम्बुलेन्स सेवा स्वास्थ्य शाखाको ९८४८३४३३६२ र ९८०९७१०१४७ मा फोन गरेर सःशुल्क सेवा लिन सक्नेछन् ।
कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालय सल्यानले जारी गरेको निषेधाज्ञाको समयमा कोही पनि बिरामी अस्पताल जानबाट वञ्चित हुन नपरोस् भनेर गाउँपालिकाले यसप्रकारको सुविधा उपलब्ध गराएको छत्रेश्वरी गाउँपालिकाका स्वास्थ्य शाखा उपप्रमुख गणेश डाँगीले सल्यानन्युजलाई बताए । उनले भने, ‘यो सेवा पूर्ण सःशुल्क हो ।’
जिल्ला कोभिड‐१९ व्यवस्थापन केन्द्र सल्यानको बिहीबार भएको वैठकले वैशाख १९ गते बिहान ६ बजेदेखि जेठ १ गते राती १२ बजेसम्म कायम हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले जानकारी दिइन ।
Error generating audio.