हामी परिक्षण प्रसारणमा छौ



१८ बैशाख,सल्यान । बनगाड कुपिण्डे नगरपालिका सल्लीबजार भेरी नदीमा नुहाउन गएका एक युवा वेपत्ता भएका छन् ।

शनिबार दिउँसो भेरी नदीमा नुहाउन भनी गएका रोल्पा रुन्टीगडी गाउँपालिका‐६,खाराका १९ वर्षीय अर्जुन बुढा नदीमा ब्यपत्ता भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । प्रहरीका अनुसार बुढा सल्लीबजार खानेपानी लिफ्ट योजनामा मजदुरी गर्दै आइरहेका थिए ।

जिल्ला प्रहरी कार्यालय सल्यानले नदीमा ब्यपत्ता बुढाको खोजीकार्य गरीरहेको जनाएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार, ,  ४ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्