हामी परिक्षण प्रसारणमा छौ



१९ बैशाख,बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट दिएको राजीनामा प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले स्वीकृत गरेका छन् ।

केहिदिन अघि मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलहरुले पेश गरेको अविश्वास प्रस्तावमा प्रदेशसभामा आजबाट छलफल सुरू हुने दिन एकाएक मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका हुन् ।

आइतबार संसदीय दलको बैठकमा सहभागी हुन जानुअघि मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादव समक्ष आफ्नो राजीनामा बुझाएका थिए ।

संविधानको धारा १६९(१)क अनुसार मुख्यमन्त्री पोखरेलले दिनुभएको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गर्नुभएको प्रदेश प्रमुख कार्यलयका प्रवक्ता चिरन्जिवी पौडेलद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा जनाइएको छ ।

लुम्बिनी प्रदेशसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार, ,  १० : २० बजे

प्रतिक्रिया दिनुहोस्