हामी परिक्षण प्रसारणमा छौ


 

१५ मंसिर २०७७, सोमबार, ,  

0
Shares

काठमाडौँ । विश्व फुटबल महासंघ (फिफा) ले केहिदिन अघि पछिल्लो बरियताक्रम सार्बजनिक गरेको छ । नयाँ वरियतामा नेपालको स्थान १७०औँ स्थानमा कायमै रहेको छ ।

फिफाले जारी गरेको वरियताक्रमका अनुसार नेपाल दक्षिण एशियाली राष्ट्रका वरियतामा तेस्रो स्थानमा रहेको छ । फिफाका अनुसार छिमेकी देश भारत १०८ औंँ स्थानमा छ भने माल्दिभ्स १५५ स्थानमा रहेको छ । यस्तै भुटान १८९, बङ्गलादेश एक १८७, श्रीलङ्का २०६ स्थानमा परेको छ भने पाकिस्तान २०० औंँ स्थानमा रहेको छ ।

फिफाको वरियताक्रममा पहिलो स्थानमा बेल्जियमनै रहन सफल भएको छ । वरियताको दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थानमा क्रमशः फ्रान्स, ब्राजिल, बेलायत र पोर्चुगल रहेका छन् ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार, ,  १ : १७ बजे

प्रतिक्रिया दिनुहोस्