हामी परिक्षण प्रसारणमा छौ



२३ बैशाख,सल्यान । बिहीबार बसेको बागचौर नगर कार्यपालिकाको बैठकले नगरको नयाँ भवनमा २५ वेडको डक्टर सहितको आइसोलेशन निमार्ण गर्ने निर्णय गरेको हो ।

नगर कार्यपालिकाको बैठकले २५ बेडको आइसोलेशन वार्ड संञ्चालनका लागि नगरपालिकाले हाललाई मेडिकल अधिकृत १जना,एच .ए २ जना ,स्टाफ नर्स २ जना रहने गरी पदपूर्ति गर्ने निर्णय गरेको छ । त्यस्तै,अनमी २ जना र स्वंयमसेवक ४ जना सहितको जनशक्ति रहने निर्णय गरेको छ ।

आजको कार्यपालिका बैठकले नगरभित्रका कोरोनाको लक्षण भएका र कोरोना संक्रमित जसले आफै सवारी साधनको व्यवस्था गर्न सक्दैनन् त्यस्ता बिरामीको लागि हाल सम्बन्धित वडाको समन्वयमा खलंगा अस्पतालसम्म बिरामी लैजान नगरपालिकाले निशुल्क सवारी साधनको व्यवस्था गर्ने निर्णय गरेको छ । त्यस्तै, कोरोनाबाट मृत्यु भएकाको शब खलंगाबाट निजको घरसम्म लैजान गाडीको ब्यवस्था गरेको र त्यो पूर्णतया निशुल्क हुने बागचौर‐११ का वडा अध्यक्ष तथा आइसोलेशन संञ्चालन गर्न बनेको समितीका सदस्य मोहनलाल खड्काले सल्यानन्युजलाई जानकारी दिए ।

नगरपालिकाले अन्य मुलुकबाट र नगर बाहिरबाट बागचौर नगरभित्र आएका जोसुकै व्यक्ति अनिवार्य रुपमा १४ दिन होम आइसोलेशन बसीदिन आग्रह गरेको छ । नगर उप प्रमुख कल्पना पुनको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले कल्पना पुनको संयोजकत्वमा ७ सदस्य रहनेगरी आइसोलेशन संञ्चालन तथा व्यवस्थापन गर्न एक समिती समेत निर्माण गरेको बागचौर‐१२ का वडा अध्यक्ष दीपक ओलीले जानकारी दिएका छन् । नगरप्रमुख लोकमान बुढाथोकी कोभिड‐१९ संक्रमीत भई केहिदिन अघिबाट होम क्वारेन्टाइनमा रहेकोले आजको बैठकमा अनुपस्थित रहेको जनाइएको छ ।

यि हुन्,आज नगरकार्यपालिकाको बैठकले गरेका केही महत्वपूर्ण निर्णय

१) नगरपालिकाको नयाँ भवनमा २५ बेडको आईसोलेसन निर्माण गर्ने । त्यसको लागि एक जना मेडिकल अधिकृत सहित आवश्यक जनशक्तिको तुरुन्त बिज्ञापन खुलाई तुरुन्त पदपूर्ती गर्ने । त्यस्तै,अक्सिजन लगायत अन्य आवश्यक सामाग्रीहरु र औषधिको व्यवस्थापनको लागि आवश्यक प्रक्रिया छिटो अगाडि बढाउने ।

२) आफै गाडीको व्यवस्था गर्न नसक्ने जटिल अवस्थाका बिरामीहरुलाई जिल्ला अस्पताल खलंगासम्म लैजान र कोभिडबाट मृत्यु भएकाहरुको शव ल्याउन नगरपालिकाले निःशुल्क गाडीको व्यवस्था गर्ने । त्यसको लागि नगरपालिकाको एम्बुलेन्स, नगरपालिकाको सरकारि गाडी र एक वटा निजी भाडाको गाडी व्यवस्था गरि शुक्रबार अर्थात भोलीदेखि त्यसको कार्य शुरु गर्ने ।

३) आईसोलेसनमा खटिने कर्मचारीहरु र सवारी चालकहरुलाई थप प्रोत्साहन भत्ता उपलब्ध गराउने ।

४) बाहिरबाट ( भारत तथा नेपालकै अन्य जिल्ला बाहिरबाट ) आएका व्यक्तिहरु १४ दिन होम क्वारेन्टाइनमा बस्न आग्रह गर्ने ।

५) कतिपय निजी मेडिकल तथा पोलिक्लिनिकहरुले बिरामीको अन्तिम अवस्था भयपछि मात्रै बाहिर रिफर गर्ने हुनाले त्यस्ता बिरामीहरुलाई अबिलम्व परिक्षण गर्ने ठाउँमा जान सल्लाह दिनुपर्ने ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार, ,  ६ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्