हामी परिक्षण प्रसारणमा छौ



२४ बैशाख,तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकामा शुक्रबारबाट लकडाउनका कारण बिरामीलाई परेको असुबिधालाई ध्यान दिदै अस्थायी रुपमा बिरामी अस्पताल लैजान अटो एम्बुलेन्स संञ्चालन गरिएको छ ।

कोरोना संक्रमणदर रोकथाम तथा न्युनिकरणका लागि गरिएको लकडाउनका कारण विपन्न नागरिकले सुलभ भाडादरमा बिरामीलाई अस्पताल लैजान÷घर ल्याउन सकुन भनेर नै आफुहरुले अटो एम्बुलेन्स संचालनमा ल्याएको अटो एम्बुलेन्स संचालन अभियानका संयोजक मोहन सुनारले सल्यानन्युजलाई जानकारी दिए ।

यो अभियानमा मोहन संगै तुलसीपुरका दिपक कुमाल, सुनिलबावु डाँगी र अजय दुलालले पनि जोडिएका छन् । अटो एम्बुलेन्स अभियानका संरक्षक तथा तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य दिपक कुमालले हाललाई तुलसीपुरका आसापासको क्षेत्रमा अटो एम्बुलेन्स सेवा दिने र यस अघि अटोहरुले लिन भाडा नै अटोएम्बुलेन्सले लिने सहमति भएको जनाए ।

अटोमा स्वास्थ्य सुरक्षाका लागि तोकिएका मापदण्ड पूर्णरुपमा पालना हुने र हाललाई ९ अटो एम्बुलेन्सले सेवा दिनेछन् । यसको संयोजन तुलसीपुर उपमहानगरपालिकाले गरेको अर्का अभियान्ता सुनिलबाबु डाँगीले जानकारी दिए ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार, ,  १ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्