हामी परिक्षण प्रसारणमा छौ



२५ बैशाख,तुलसीपुर । सल्यान बागचौर नगरपालिका‐१२,बाँफुखोलाका एक जना कोरोना संक्रमितको उपचारका लागि बाँके लैजादै गर्दा बाटोमै मृत्यु भएको छ ।

घरमा स्वास्थ्य समस्या आएपछि जिल्ला अस्पताल रुकुममा उपचार गर्दा पनि सुधार नभएपछि थप उपचारको लागि बाँके लैजादै गर्दा सल्यानको बागचौर नगरपालिका–१२,बाँफुखोला ओख्रेनीका ३४ वर्षीय पुरुषको मृत्यु भएको सल्यान‐दाङ सेवा समाजका अध्यक्ष कर्ण ओलीले सल्यानन्युजलाई बताए ।

अध्यक्ष ओलीका अनुसार उनलाई एक हप्ता अघि स्वास प्रस्वासमा समस्या देखापरेकोले उपचारको लागि बाँफुखोलाबाट रुकुम जिल्ला अस्पताल लगेर उपचार भइरहेको थियो । तर शुक्रबार बिहान एक्कासी स्वासप्रस्वासमा समस्या देखा पछि उनलाई थप उपचारको लागि बाँकेको नेपालगञ्ज लैजाने क्रममा उनको दाङ तुलसीपुरको गोठीखोलामा उनको शुक्रबार राती करिब १२ बजे मृत्यु भएको हो ।

केहिदिन अघि बागचौर नगरपालिका–१२ का ५२ वर्षीय पुरुषको पनि कोरोनाकै कारण बाँकेमा मृत्यु भएको थियो । योसँगै बागचौर १२ मा मात्र कोरोनाबाट दुई जनाको ज्यान गएको छ ।-फाइल फोटो

 

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार, ,  २ : २३ बजे

प्रतिक्रिया दिनुहोस्