हामी परिक्षण प्रसारणमा छौ

कोरोनाका कारण सल्यानमा थप २ जनाको मृत्यु

सल्यानमा मृत्यु हुनेको संख्या १२ पुग्यो



२६ बैशाख,सल्यान । कोरोना संक्रमणका कारण सल्यानमा आइतबार साँझसम्म थप २ जनाको निधन भएको छ । संक्रमणपछि उपचारका लागि होम आइसोलेसनमा बसेका उनीहरूको घरमै मृत्यु भएको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ ।

मृत्यु भएकामध्ये सल्यानको कुपुरकोट गाउँपालिकाका‐३,निवासी ४० वर्षीया महिलाको आइतबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय सल्यानका सुचना अधिकारी थलराज डिसीले सल्यानन्युजलाई जानकारी दिए ।

सुचना अधिकारी डिसीका अनुसार जिल्लाकै सिद्द कुमाख गाउँपालिका ‐२, निवासी ४१ वर्षीया एक महिलाको पनि कोरोना संक्रमणबाट आइतबार मृत्यु भएको छ । मृतक दुबै महिलाको केहिदिन अघि गरिएको पिसिआर परिक्षणमा कोरोना संक्रमण देखिएको थियो । कोरोनाको रिपोट आएपछि दुबै महिला होम आइसोलेसनमा बसेर उपचाररत थिए ।

आइतबार थपिएका मृतकसँगै नयाँ भेरियन्ट सहितको कोरोनाका कारण सल्यानमा मृत्यु हुनेको संख्या १२ पुगेको स्वास्थ्य कार्यालय सल्यानले जानकारी दिएको छ ।

त्यस्तै, आइतबार मात्रै सल्यानमा ३० जनालाई कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य कार्यालय सल्यानका अनुसार अहिले जिल्लाभर कोरोनाका सक्रिय संक्रमितको संख्या ४ सय ५७ रहेको छ ।

स्वास्थ्य कार्यालय सल्यानका अनुसार २४ जना जिल्ला अस्पताल र १३ जना संस्थागत आइसोलेशनमा उपचाररत छन् भने ४ सय २० जना होम आइसोलेशनमा रहेका छन्  । सल्यानमा आइतबार मात्रै २४ जना कोरोना मुक्त भएका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार, ,  ८ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्