हामी परिक्षण प्रसारणमा छौ



१ जेठ,सल्यान । सल्यानमा पहिलो पटक जिल्ला अस्पतालले अक्सिजन प्लान्ट संञ्चालनमा ल्याएको छ ।

शनिबारबाट संचालनमा ल्याइएको अक्सिजन प्लान्टबाट तत्काल १० बेडलाई अक्सिजन उपलब्ध गराउन सकिने जिल्ला अस्पताल सल्यानले जानकारी दिएको छ । उक्त प्लान्टबाट प्रतिमिनेट ४० लिटरको दरले अक्सिजन उत्पादन हुने जिल्ला स्वास्थ्य कार्यालय सल्यानका सूचना अधिकारी थलराज डिसीले सल्यानन्युजलाई जानकारी दिए ।

जिल्लामा अक्सिजन प्लान्टको अभावमा अन्य जिल्लाको भर पर्नुपर्ने बाध्यता रहेको र यो प्लान्ट जडानपछि अब त्यो समस्या तत्कालका लागि हटेको छ । अक्सिजन प्लान्ट जडान भएपछि जटिल किसिमका संक्रमितहरुलाई उपचार गर्न सहज हुने, बिरामीको अक्सिजनको मात्रा अनुसार अन्य बेडमा समेत प्लान्ट जडान गर्न सकिने सुचना अधिकारीको भनाई छ ।

कर्णाली प्रदेश सरकारको ५१ लाख आर्थिक सहयोगमा निर्माण भएको अक्सिजन प्लान्टको शनिबार शारदा नगरपालिकाका नगरप्रमुख सुरेश अधिकारी र प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईले संयुक्त रुपमा उद्घाटन गर्दै प्रदेश सरकारलाई धन्यवाद दिएका थिए । कर्णाली प्रदेशमा सुर्खेत र जुम्लामा अक्सिजन प्लान्ट भएपनि कोरोना लक्षित अक्सिजन प्लान्ट भने प्रदेशमै पहिलो पटक सल्यानमा जडान भएको हो ।

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार, ,  १० : १७ बजे

प्रतिक्रिया दिनुहोस्