हामी परिक्षण प्रसारणमा छौ



८ जेठ, काठमाडौं । प्रधानमन्त्रीका लागि बहुमत संसदसहित दाबी गर्दैगर्दा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर राष्ट्रपतिले असंवैधानिक रुपमा संसद विघटन गरेकोे ठहर गर्दै विपक्षी गठबन्धनमा रहेका दलहरू अदालत जाने भएका छन् । शनिवार बसेको गठबन्धनको बैठकले मध्यरातमा भएको संसद विघटन गर्ने कार्य गैरसंबैधानीक ठहर गरेको छ ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजबादी पार्टीको उपेन्द्र समूह र राष्ट्रिय जनमोर्चाको शनिवार बसेको वैठकले संसद बिघटनले संविधानको मर्ममाथि नै प्रहार भएको भन्दै संविधान रक्षाका लागि दृढतापूर्वक अघि बढ्न सबैलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार, ,  २ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्