हामी परिक्षण प्रसारणमा छौ



१२ जेठ,सल्यान । सल्यानमा बुधबार ५३ जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै १७ जना डिस्चार्ज भएर घर फर्किएका छन् ।

एन्टिजेन परीक्षणका क्रममा शारदा नगरपालिका र सल्यान अस्पतालका ९ महिला ८ पुरुष, कपुरकोट गाउँपाकिला २ महिला र २ पुरुष, बागचौर नगरपालिकाका २ महिला र १ पुरुष र कुमाख गाउँपालिकाका २ महिला र १ पुरुष रहेका छन् । यस्तै पिसिआर परीक्षणमा छत्रेश्वरी गाउँपालिकाका ४ महिला ८ पुरुष, कालिमाटी गाउँपालिका ५ महिला र ८ पुरुष गरी २५ जनामा संक्रमण देखिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जानकारी दिएको छ ।

जिल्लामा हालसम्म १ हजार ५ सय ४ जना डिस्चार्ज भइ घर फर्किएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा बुधबारसम्म ७ सय ८५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार, ,  ९ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्