हामी परिक्षण प्रसारणमा छौ



१३ जेठ,सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलको बैठकले प्रमुख सचेतकमा कर्णाली प्रदेशसभा सदस्य ठम्मर विष्ट नियुक्त गरेको छ ।

कर्णाली प्रदेशसभा दलको नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बिहीबार बसेको संसदीय दलको बैठकले विष्टलाई प्रमुख सचेतकमा नियुक्त गरेको माओवादी केन्द्र प्रदेश सभा दलले जानकारी दिएको छ ।

बिहिबार प्रमुख सचेतकमा नियुक्त विष्टले पार्टीले दिएको भूमिकालाई आफुले जिम्मेवारीपूर्ण ढङ्गबाट पूरा गर्ने उनले बताए । यस अघिका केन्द्रका प्रमुख सचेतक सीताकुमारी नेपाली प्रदेश सरकारको आन्तरिक मामिला, कानून, युवा तथा खेलकूदमन्त्रीमा नियुक्त भएपछि विष्टलाई माओवादी केन्द्रले प्रमुख सतेतक बनाएको हो ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार, ,  ९ : १४ बजे

प्रतिक्रिया दिनुहोस्