सल्यान । बागचौर नगरपालिका–८ मा आयोजित बृहत् खेलकुद तथा सांस्कृतिक रानीपोखरी मेलाको उद्घाटन गरिएको छ।
नगर प्रमुख जनकराज गौतमले प्रमुख अतिथिका रूपमा उपस्थित रहँदै मेलाको औपचारिक उद्घाटन गर्नुभयो।
ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण स्थल रानीपोखरीमा परापूर्व कालदेखि निरन्तर हुँदै आएको यो मेलालाई यस वर्ष वडा नं. ८ कार्यालयको समन्वयमा मेला व्यवस्थापन समितिले खेलकुद तथा सांस्कृतिक कार्यक्रमसहित अझ आकर्षक बनाउन पहल गरेको छ।
मेलामा भलिबल, लोकदोहोरी प्रतियोगिता लगायतका गतिविधिहरू हुनेछन्। साथै, आगामी असोज ५ गतेसम्म चल्ने कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति पनि रहनेछ।
उद्घाटन समारोहमा नगर प्रमुख गौतमसँगै उप–प्रमुख सुम्निमा डि.सी (वली), वडा अध्यक्ष सुशील जंग चन्द, वडा सदस्यहरू, मेला व्यवस्थापन समितिका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधि, संघ–संस्था, पत्रकार, खेलाडी, व्यापारी तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति थियो।
Error generating audio.