हामी परिक्षण प्रसारणमा छौ



२५ जेठ, दाङ । दाङमा असार १ गतेसम्म निषेधाज्ञा थप भएको छ । जिल्ला कोभिड–१९ शंकट व्यबस्थापन समितिको मंगलबार घोराहीमा बसेको बैठकले लकडाउनलाई केही खुकुलो पार्दै असार १ गतेसम्म थप गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

लकडाउन केही खुकुलो भएसँगै बैंक तथा वित्तिय संस्थाहरु अब दैनिक विहान १० बजेदेखि २ बजेसम्म नियमित खुल्ने भएका छन् । अब दाङमा विहान ६ बजेदेखि १० बजेसम्म होटेल, सैलुन,खाजा घर, चिया पसल बाहेक अन्य पसलहरु खुल्न नियमित खुल्न दिने निर्णय भएको दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेल बताए ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार, ,  २ : २० बजे

प्रतिक्रिया दिनुहोस्