हामी परिक्षण प्रसारणमा छौ



लुहाम । सल्यानको त्रिबेणी गाउपालिकाले सुनौलो हजार दिन भित्रका आमालाई कुखुरा, अण्डा सहित पोषण र सरसफाइ सम्बन्धि सामाग्री वितरण गरेको छ ।

गाउँपालिकाको वडा नम्बर २ र ३ बाहेक अन्य सबै वडाहरुमा वितरण सामाग्री वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रभात श्रेष्ठले जानकारी दिएका छन् ।

 

गाउँपालिकाले दिएको सामाग्रीमा के ?

त्रिवेणी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख प्रभात श्रेष्ठका अनुसार बहुक्षेत्रीय पोषण कार्यक्रम अन्र्तगत सुनौलो हजार दिनका आमाहरुलाई कुखुरा, अण्डा, ब्रस ,मन्जन, नङकट, साबुन, तरकारीको बीउ लगायतका सामाग्री वितरण गरिएको छ ।

गाउँपालिकाका बच्चामा कुनै किसिमको कुपोषण नदेखियोस् भन्ने सोचेर सुनौलो हजार दिनका आमा विशेष कार्याक्रम सञ्चालन गरिएको पालिकाका अध्यक्ष मान बहादुर डाँगीले जनाए । त्यस्तै, सुनौलो हजार दिन अवधिका आमाहरुलाई हरेक घरपरिवारले साथ र सहयोग गर्नुपर्ने गाउँपालिकाकी उपाध्यक्ष करुणा खड्काको भनाई रहेको छ ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार, ,  १० : ०६ बजे

प्रतिक्रिया दिनुहोस्