३ साउन,सल्यान – मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट सल्यानका ६ जना किसान सम्मानित भएका छन् ।

पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका कार्यालय प्रमुख कपिल प्रसाद उपाध्यायका अनुसार जिल्लामा पशु विकासका क्षेत्रमा नमुना योग्य कार्य गर्ने नमुना कृषक, पशुपालक, सहकारी मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट ६ जना किसान सम्मानित भएका हुन ।

सम्मानित हुनेमा ढाकाडाम महिला साना किसान सहकारी संस्था दार्मा गाउँपालिका‐५ढाकाडम,गाई भैसी पालनतर्फ कृष्ण गाई फर्म त्रिवेणी गाउँपालिका‐५ का कृष्ण रेउले, बंगुरपालनतर्फ मदन पशुपंक्षी फर्म बागचौर नगरपालिका‐७ का मदन घर्ती रहेका छन् ।

माछा पालनतर्फ अरुण कृषि फर्म छत्रेश्वरी गाउँपालिका‐६,की नोखीकुमारी विष्ट, भेडाबाख्रा पालनतर्फ सल्यानी बहुउद्देश्सीय बागचौर नगरपालिका‐१,की लिला बस्नेत र कुखुरा पालनतर्फ देवकोटा पशुपंक्षी फर्मकी खिमा केसी छनौट भएको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका कार्यालय प्रमुख कपिल प्रसाद उपाध्यायले जानकारी दिए ।
कार्यालय प्रमुख उपाध्यका अनुसार उत्कृष्ट सहकारीलाई ५० हजार र फर्मलाई २५ हजार पुरस्कार प्रदान गरिएको छ ।

उनका अनुसार मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारको व्यवस्था स्थानीय तह हुँदै जिल्ला र प्रदेश स्तरसम्म हुने गरेको छ । जिल्लाबाट उत्कृष्ट भएका किसानमध्येबाट कर्णाली प्रदेश स्तरीय मुख्यमन्त्री उत्कृष्ट पुरस्कारमा समेत प्रतिस्पर्धा गर्न पाउने छन् । कर्णालीका १० जिल्लाबाट छनौट भएका किसान मध्यबाट छानेर मुख्यमन्त्री उत्कृष्ट कृषक छनौट हुनेछ ।
कबीराज खड्का

Error generating audio.

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार, ,  ६ : २९ बजे

प्रतिक्रिया दिनुहोस्