हामी परिक्षण प्रसारणमा छौ



सल्यान । दार्मा गाउँपालिका सल्यानले सुनौलो हजार दिनका आमाहरुलाई पोषणयुक्त आहार पिठो वितरण गरेको छ ।

दार्मा गाउँपालिकाले आफ्नो पालिकामा रहेको सुनौलो हजार दिनका आमाहरुलाई विश्व स्तनपान सप्ताहको अवसर पारेर पालिकामा रहेका सुनौलो हजार दिनका आमाहरुलाई पौष्टिक आहार वितरण गरेको गाउँपालिकाले जनाएको छ ।

दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञ बस्नेतका अनुसार गाउँपालिकाले ६७ आमालाई पौष्टिक आहारायुक्त पिठो वितरण गरिएको हो । गाउँमा सुत्केरी भएका र गर्भवति भएका आमाले पौष्टिक युक्त खानेकुरा खान नपाएमा बच्चालाई कुपोषण तथा आमा र बच्चा दुवैको स्वास्थ्यमा समस्या आउने भएकाले पौष्टिक आहार वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख यज्ञ बस्नेतले जनाए ।

पालिकाले पोषणयुक्त खानेकुरा वितरण गर्न थालेपछि आफुहरु निकै खुशी भएको सुनौलो हजार दिनका आमाहरुको भनाई रहेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार, ,  ९ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्