हामी परिक्षण प्रसारणमा छौ



५ भदौ,सल्यान । नेकपा (माओवादी केन्द्र) को भातृसंगठन अखिल (क्रान्तिकारी) सल्यानको बनगाड कुपिण्डे नगर कमिटी अध्यक्षमा अजय बिष्ट निर्विरोध निर्वाचित भएका छन । शनिवार बनगाड कुपिण्डे नगरको प्रथम नगर सम्मेलनबाट बिष्टको अध्यक्षतामा ३५ सदस्यीय कमिटी गठन गरिएको छ ।

जसको उपाध्यक्षमा जन्मत बस्याल, अनिता बिष्ट र महेश कवर, सचीवमा शितल कवर, सह सचीवमा नमुना बुढा, पुजा पुन, नारायण रावत र कोषाध्यक्षमा मिना पुन रहेका छन । शनिवार सल्लीबजारमा भएको सम्मेलनलाई नेकपा (माओवादी केन्द्र) का जिल्ला अध्यक्ष कर्ण बहादुर बुढाथोकी (छहारी) ले सम्मेलनलाई सम्बोधन गर्दै विद्यार्थी भनेको भविस्यका खाम्बा भएकोले त्यसको लागि सबै क्षेत्रमा दखल राख्नु पर्ने बताए ।

भेलालाई अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज राजेन्द्र भण्डारी, नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य तथा बनगाड कुपिण्डे नगर अध्यक्ष किर्ती बहादुर राना, जिल्ला कमिटी सदस्य धन बहादुर पुन, दुर्गा बुढाथोकी नगर कमिटी सदस्य गुमान बिष्ट, गणेश चन्द, रिम बहादुर बिष्ट, अनेरास्ववियु क्रान्तिकारी जिल्ला उपाध्यक्ष ठगेन्द्र पुन, कोषाध्यक्ष रमेश बुढाथोकी लगाएतले सम्मेलन सफलताको शुभकामना दिदै अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनको केन्द्रविन्दु बन्नुपर्ने धारणा राखेका थिए ।

अखिल (क्रान्तिकारी) को १८ औं जिल्ला सम्मेलन यहि भदौ १८ गते कुपिण्डे तालमा गर्ने निर्णय गरे संगै त्यसको तयारीको लागि उक्त संगठनले नगर तथा गाउँ सम्मेलनलाई तिब्रता दिएको जिल्ला कोषाध्यक्ष रमेश बुढाथोकीले सल्यानन्युजलाई बताए ।

 

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार, ,  ८ : २३ बजे

प्रतिक्रिया दिनुहोस्