२८ भदौ,दार्मा । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी दार्मा गाउँकमिटीको सम्मेलन तयारी भेला शोमबार दार्मामा सम्पन्न भएको छ ।
आज दार्माको फारुला चौरमा भएको उक्त भेलाले जुना मल्लको नेतृत्वमा ३३ सदस्यीय गाउँकमिटि सम्मेलन आयोजक समिति गठन गरेको छ । उक्त सम्मेलन आयोजक भेलालाई सम्बोधन गर्दै पूर्व अन्तरिम विधायिका तथा अनेम संघ क्रान्तिकारीको केन्द्रीय उपाध्यक्ष टिका बुढाथोकीले परिवर्तनका लागि नेपालमा भएका हरेक आन्दोलनमा महिलाहरुको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको थियो ।
उहाँले नेपालमा भएका यस अघिका आन्दोलनले गर्दा परिवर्तनका केही भाग पुरा गर्न मात्र सम्भव भएको बताउदै अब समाजवादका लागि आन्दोलनको लागि तयार रहनुपर्ने बताउदै उहाँले भन्नुभयो,‘हालसम्म भएका उपललब्धिहरुलाई रक्षा गर्दै समाजवादको आधार तयार गर्न महिलाहरु गोलबन्द हुन आबश्यक छ । हामी महिलाहरु उत्पादन मूलक ,शिपमुलक काम गर्ने खालका सहकारी निर्माण गरी आत्मनिर्भर बन्न अब पछि पर्नुहुन्न ।’
उक्त आयोजक भेलालाई सम्बोधन गर्दै दार्मा गाउँपालिका उपाध्यक्ष टीका शर्माले महिलाहरु कुनै पनि पार्टीको भोट बैंकमा मात्र सिमित नहुने बताउदै पितृसत्तात्मक सोच भएको यो भुमिमा महिलाहरुले जिम्मेवारी पाए कुसलता पुर्वक भूमिका निर्बाह गर्ने बताउनुभयो । दश बर्षे जनयुद्धमा महिलाले बन्दुक बोकेको स्मरण गराउदै समानुपातिक समावेशी, धर्म निरपक्षता,संघीय गणतन्त्र लगायतका उपलब्धीहरु माओवादी आन्दोलनबाट मात्र प्राप्त गर्न संम्भव भएको शर्माको दावी थियो । आजको भेलाले ३३ सदस्यीय भेला आयोजक समिति गठन गरेको र छिटोभन्दा छिटो भेला सम्पन्न गर्ने अनेम संघ दार्मा गाउँकमिटिले जनाएको छ ।
Error generating audio.